आज पनि घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
4K
SHARES

१६ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।