आज सुनको भाउमा उच्च वृद्धि


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २१ २०८२
1.7K
SHARES

२१ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४६ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५  सय रुपैयाँमा कारोबार भएको थियो।