कोलम्बियामा विमान दुर्घटना : कम्तीमा ६६ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.2K
SHARES

१० चैत काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ ।  अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेको बताएका छन् । यो अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान थियो, जुन सेना ओसारपसार गर्न प्रयोग गरिन्छ ।

विमान पुटुमायो प्रान्तको प्युर्टो लेगुइजामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।