भारतीय गृहमन्त्रीको घोषणा- आजबाट हिन्दुस्तान माओवादीमुक्त बन्यो
१७ चैत काठमाडौं । भारत सरकारले यसै महिनाको अन्तिमबाट हिन्दुस्तान माओवादीमुक्त भएको घोषणा गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै अब भारत माओवादी नक्सल विद्रोहीबाट मुक्त बनेको घोषणा गरेका हुन् । उनले हतियार बिसाएर आउने कतिपय माओवादी कमाण्डरसँग वार्ता हुने तर अरुलाई सिध्याउने चेतावनी दिए ।
उनले भारतमा केही बुद्धिजिवीहरू माओवादी हिंसाको पक्षमा रहेको भन्दै गरिबलाई हतियार बोकाएर आफ्नो विचारधारा लाद्न उद्यत रहेको आरोप समेत लगाए । गृहमन्त्री शाहले ३१ मार्चबाट भारत नक्सलमुक्त बनेको बताए ।
शाहले यसबीचमा ४ हजार ८३९ माओवादीले आत्मसमर्पण गरेको, २२ सयलाई जेल पठाइएको र ७०६ जनालाई सुरक्षा फौजले कारबाही गरेर मारेको आँकडा समेत सुनाए । उनले विगतमा कांग्रेस सरकारले नै नक्सलवादीहरूलाई संरक्षण गरेको आरोप समेत लगाए । उनले भारतका विभिन्न राज्यलाई जोडेर माओवादीहरुले बनाएको रेड करिडोर पनि अब ध्वस्त भएको दाबी गरे ।