उपसभामुखमा हाम्रो दाबी रहन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२
2.6K
SHARES

२४ चैत काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले भने, ‘उपसभामुखमा हाम्रो दाबी हुन्छ। तर, अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।’उपसभामुखमा नेकपासहित कांग्रेस, श्रम संस्कृति र राप्रपाको पनि दाबी छ। सभामुखमा भने रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।