मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३
1.2K
SHARES

३ वैशाख काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज (वैशाख ३) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार, बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने छ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहने सचिवालयले जनाएको छ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयास समेत बैठकमा हुने अपेक्षा गरिएको छ । यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।