लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३
1.4K
SHARES

३ वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवारहरूको टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।रास्वपाको यो निर्णयसँगै लेखा समितिको सभापति नेपाली कांग्रेसले पाउने छ । कांग्रेसले यसमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । कांग्रेसलाई अरु विपक्षी दलले पनि सघाउने निर्णय गरेका थिए  ।

रास्वपाले कानुन न्याय तथा मानवअधिकारको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थीको नाम टुंग्याएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा डा. ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने भएको छ । संसदीय सुनुवाइको सभापतिमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहवर अन्सारीको नाम सभापतिका लागि टुंगो लगाएको हो ।

संसदीय समितिका सभापतिका लागि आज मनोनयन गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् रास्वपाको निर्णय :

WhatsApp-Image-2026-04-16-at-13.49.11-1776326821.jpeg