नेकपाको खबरदारी : सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध
६ बैशाख काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले उचित विकल्पबिना सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएको भन्दै विरोध जनाएको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी व्यवस्थापन, बढ्दो महङ्गी र लोकतान्त्रिक अधिकारको रक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । सुकुमबासी परिवारलाई जीविकोपार्जनको कुनै विकल्प नदिई अमानवीय ढंगले घर भत्काएको भन्दै यस्ता कार्यले सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने नेकपाले जनाएको छ ।
सरकारले अघि सारेका सकारात्मक प्रतिबद्धतालाई स्वागत गर्ने भन्दै नेकपाले पूर्वाग्रही र एकपक्षीय दृष्टिकोणको विरोध गर्ने भनेको छ ।‘सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुमबासी, किसान र मजदुरप्रति जिम्मेवार बन्न तथा अनावश्यक स्टन्टबाजीभन्दा सामाजिक न्यायमा केन्द्रित हुन आग्रह गर्दछौँ’, केन्द्रीय कार्यालयको विज्ञप्तिमा लेखिएको छ ।
