समाजले औकातअनुसारकै शासक पाउने हो- रामकुमारी झाँक्री


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३
1.8K
SHARES

६ बैशाख काठमाडौं । एमाले नेता रामकुमारी झाँक्रीले हरेक समाजले नागरिकको औकातअनुसारकै शासक पाउने भन्दै नआत्तिन भनेकी छन् । नेपाल ल क्याम्पसमा भएको अन्तर्क्रियामा उनले हर प्रश्नको उत्तर दिन दलहरू पनि तयार हुनुपर्ने धारणा राखिन् । उनले आफ्नो दल आवधिक निर्वाचनका बेला जनतामाझ जाने र त्योबेला हर प्रश्नहरूको उत्तर दिने बताइन् । तर, त्यो बेला अहिले उठेका कतिपय प्रश्नहरूको कामले जवाफ दिइसक्नुपर्ने धारणा राखिन् ।

राष्ट्रिय शक्तिहरू कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले वामपन्थी शक्तिहरू अब बलियो बन्नुपर्ने बताइन् । तर पछिल्लो आन्दोलनले सबै पक्षमाथि प्रश्न उठेको भन्दै समाज पनि प्रश्नभन्दा माथि नरहेको टिप्पणी गरिन् । ‘हामी हर प्रश्नको उत्तर दिन तयार छौँ । तर समाज पनि प्रश्नभन्दा माथि छैन,’ झाँक्रीले भनिन्, ‘सिंहदरबार, संसद, सर्वोच्च जलाउँदा र व्यक्तिको निजी सम्पत्तिमाथि घुसेर आगजनी र लुटपाट गर्दै गर्दा टिकटक बनाएर  उत्सव मनाउँदै गरेको समाज पनि प्रश्नरहित छैन ।’

उनले उपस्थित विद्यार्थीमाझ भनिन्, ‘हामीले धेरै प्रश्नको सामना गर्नु छ । अब समय लिएर तिनको लागि तयारी गरौँ ।’ सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने घोषणा गरेसँगै विभिन्न राजनीतिक दलमा आस्था राख्ने सङ्गठनहरू चरणबद्ध आन्दोलनमा छन् । सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन खोजेको सन्दर्भ पारेर संयुक्त विद्यार्थी संठनले अन्तर्क्रिया आयोजना गरेका हुन् ।