गुट स्वीकार्य हुँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
893
SHARES

७ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले संवाद थालेको बताएका छन् । बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । उनले भने, ‘पार्टीभित्रका सबै नेताहरूसँग म संवाद गरिरहेको छु, सबैसँग कुरा गर्छु, सबैलाई समेटेर लिएर जान्छु, हामीले सदस्यताको कुरा पनि ख्याल गर्नुपर्नेछ । हामी पार्टीभित्र बसेर मात्र मिलेर हुँदैन । पार्टीलाई वर्षौँदेखि मतदान गर्दै आउनुभएको ठूलो पङ्क्ति छ। कांग्रेसको सदस्य हुने, लेबी तिर्ने, कांग्रेसको आन्तरिक चुनावमा आएर मतदान गर्ने, तर मलाई मन लागेन चुनावमा अर्को पार्टीलाई भोट दिन्छु भन्न पाइँदैन। सदस्यता छोडेर जानुस्। तर, भोटरको बारेमा केही भन्न पाइन्न ।’

उनले पार्टीलाई ७ सालको जस्तो क्रान्तिकारी, ४६ सालको जस्तो लोकप्रिय, ७० सालको जस्तो भरोसायोग्य पार्टी बनाउने बताए । उनले कांग्रेसले देशलाई सम्हाल्न सक्छ भन्ने सन्देश दिनुपर्ने बताए । उनले पार्टीका सबैलाई मिलाएर लैजान तयार रहेको बताउँदै गुट स्वीकार्य नहुने स्पष्ट सन्देश दिए ।