प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
969
SHARES

८ बैशाख काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  आज (मंगलबार) दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री  सुधन गुरुङको व्यवसायिक साझेदारी रहेको विषय अहिले चर्चामा छ। गृहमन्त्री  गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसअघि पदको दुरुपयोग गर्दै पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री शाहले दुई सातामै दीपककुमार साहलाई श्रममन्त्रीबाट बर्खास्त गरेका थिए।