पार्टी पुनर्गठन गर्ने गरी छलफल गर्दै छौँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३
1.4K
SHARES

८ बैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुर्नगठनका लागि छलफलको तयारी गरेको बताएका छन् ।कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीभित्रको कमीकमजोरी केलाएर पुर्नगठनको तयारी गरिरहेको बताए ।

उनले भने, “आउने महाधिवशेनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशीललाई प्राथमिकता दिने, पुराना पुस्ताकाले कुनै न कुनै भूमिका भए पनि नयाँ रूपमा प्रस्तुत गर्ने छलफल गर्दै छौँ ।”

आगामी आश्विनसम्म ६ महिनाभित्र महाधिवेशन गर्ने र नयाँ ढंगबाट पार्टीलाई पुर्नगठन गर्ने प्रक्रिया सुरु गरिसकेको उनले बताए ।बदलिएको राजनीतिक जटिल परिस्थितिमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रुपान्तरण र पुनर्गठन आवश्यक रहेको उनले औँल्याए ।