हामीलाई कुनै हतार छैन – ट्रम्प


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
1.2K
SHARES

१० वैशाख काठमाडौं । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव कम गर्न आफू हतारमा नरहेको प्रतिक्रिया दिएका छन् । बिहीबार फक्स न्युजसँग टेलिफोन संवादका क्रममा उनले इरानसँगको युद्धविराम समयसीमाबारे अमेरिका कुनै पनि किसिमको दबाबमा नरहेको बताएका छन् ।‘हामीलाई कुनै पनि किसिमको हतार छैन । हामी राम्रो सम्झौता चाहन्छौं,’ ट्रम्पले भनेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव क्यारोलाइन लेभितले अमेरिकाको इरानसँग विभिन्न माध्यमबाट वार्ता जारी रहेको पनि बताएका छन् । यस्तै ट्रम्पले इरानसँग आफ्ना सर्तहरू प्रष्ट बताइसकेको उनले बताए ।

‘अमेरिका इरानी शासनको जवाफ पर्खिरहेको छ । तर इरानले अहिलेसम्म प्रस्ट सन्देश दिएको छैन,’ लेभितले भनेका छन्, ‘यहीकारण राष्ट्रपति ट्रम्पले युद्धविराम बढाउने फैसला गर्नुभएको हो ।’