‘विशेष कारण’ जनाउँदै संसद अधिवेशन स्थगन
१० बैशाख काठमाडौं । सरकारले यही वैशाख १७ गतेबाट आव्हान गरेको संघीय संसद्को अधिवेशन स्थगन गरिएको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन स्थगित गरेका छन् । शीतल निवासको विज्ञप्तिमा ‘विशेष कारणवश’ भनिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को बुधबारको सिफारिस बमोजिम १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका थिए । तर, आज अर्को पत्र पठाएर उक्त अधिवेशन रोक्न भनिएको स्रोतले बतायो । पत्रमा नयाँ मितिबारे केही खुलाइएको थिएन ।
आजको मन्त्रिपरिषद् बैठको सिफारिस बमोजिम अधिवेशन स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नेपाल प्रेसलाई बताए ।
