रास्वपा दलको बैठकमा बालेन अनुपस्थित


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १६ २०८३
855
SHARES

१६ बैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेकाे छ । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् । यसअघिको दलको बैठकमा पनि बालेन उपस्थित थिएनन् ।

आजको बैठकमा पार्टी सभापति रवि लामिछाने भने सहभागी छन् । रास्वपाले संसदीय दलको आजको बैठकलाई अनौपचारिक भनेको छ । बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको थियो ।