बजेटले निजी क्षेत्रका माग सम्बोधन गर्न खोजेको छ – महासंघ अध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १५ २०८३
855
SHARES

१५ जेठ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न खोजेको बताएका छन् ।

बजेट सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले अन्तःशुल्क घटाउने निर्णय सकारात्मक रहेको बताए । “लागत अत्यधिक महँगो भएको भन्दै निजी क्षेत्रले निरन्तर आवाज उठाउँदै आएको थियो, बजेटले त्यसलाई  सम्बोधन गर्न खोजेको देखिन्छ,” उनले भने ।

श्रेष्ठले सरकारले कृषि क्षेत्रलाई पनि प्रोत्साहन गर्न खोजेको उल्लेख गरे । उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ल्याइएका कार्यक्रमले सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।

युवालाई उद्यमशीलता र रोजगारीतर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमसमेत बजेटमा समेटिएको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।