आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३
893
SHARES

१८ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज जेठ १८ गते सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।