एकैदिन ५ हजार १ सयले घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २८ २०८३
380
SHARES

२८ जेष्ठ काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुन-चाँदीको भाउमा लगातार गिरावट आइरहेको छ । हिजो पनि उच्च गिरावट भएको सुन चाँदीको मूल्यमा आज जेठ २८ गते पनि भारी गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ हजार १ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४६ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।