ठेकेदारले काम नगरे खुट्टा भाँच्दिनू – भौतिक पूर्वाधारमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १ २०८३
817
SHARES

१ असार काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो आदेश दिएका छन् । नागढुंगा-मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा उनले सरकारका जिम्मेवार अधिकारीहरुलाई यस्तो आदेश दिएका हुन् ।

पश्चिमदेखि पूर्वसम्म निर्माणाधीश सडकहरूको अवलोकन गर्ने क्रममा मन्त्री लम्साल हिजो केहीबेर उक्त सडकखण्डमा रोकिएका थिए । त्यहाँ निरीक्षणका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुख लगायत पनि सहभागी भए । मन्त्रीले उनीहरूलाई ठेकेदारहरूलाई छिटो काम गराउन निर्देशन दिए ।