सुनको मूल्य तोलामा ३६ सयले घट्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार १० २०८३
722
SHARES
१० असार काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार (असार १०) सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट