सुनको भाउमा उच्च गिरावट


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ११ २०८३
1.2K
SHARES

११ असार काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला आज सुन २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।