पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई विशेष प्याकेज
६ श्रावण काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विशेष प्याकेज घोषणा गरेको छ ।आगामी २०८५ साल भदौ मसान्तसम्मका लागि घोषणा गरिएको प्याकेजले अन्तर्राष्ट्रिय उडान गर्ने विमानहरूलाई पोखरा वा भैरहवाबाट उडानका लागि प्रोत्साहन गर्नेछ ।
मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, “२०८५ भदौ मसान्तसम्मका लागि पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउण्ड ह्याण्डलिङ शूल्कमा ५० प्रतिशत छुट दिन स्वीकृत गर्ने ।”