बंगलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०८३
513
SHARES

२२ श्रावण ढाका । बंगलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने भएको छ । बंगलादेशको निर्वाचन आयोगले बिहीबार यस्तो घोषणा गरेको हो ।आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामांकन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताए ।उनले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३५० सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त गरिसकेको बताए ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन चुप्पुले जुलाई २४ मा गम्भीर बिरामी रहेको कारण देखाउँदै बंगलादेशको संसद्का सभामुख हाफिज उद्दीन अहमदलाई पत्र बुझाएर राजीनामा दिएका थिए ।संसद् सचिवालयले त्यसपछि सञ्चारमाध्यमलाई उनको राजीनामापछि संसद्का सभामुख हाफिज उद्दीन अहमदले संविधानअनुसार राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गरेका जानकारी गराएको थियो । बंगलादेशको संविधानअनुसार सांसदहरू नै राष्ट्रपतीय चुनावका मतदाता हुन् ।