कांग्रेसको वैचारिक नवीकरण गर्ने गगन थापाको प्रस्ताव


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
133
SHARES

१८ असोज काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशनबाट वैचारिक नवीकरण गर्ने प्रस्ताव अघि सारेका छन् । महाधिवेशनका लागि उनले तयार गरेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।राष्ट्रियता लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई पार्टीको मूल वैचारिक आधारका रूपमा निरन्तरता दिँदै २१ औँ शताब्दीको आवश्यकता र बदलिँदो परिस्थितिअनुसार विचारको नवीकरण गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन्।

राष्ट्रियतालाई भूगोल र नारामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, प्रविधि र वित्तमा राष्ट्रिय क्षमतासँग जोड्ने उनको प्रस्ताव छ ।  लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नगरी नागरिकको निर्णय प्रक्रिया र सार्वजनिक शक्तिमा वास्तविक सहभागितासँग जोड्ने प्रस्ताव उनले गरेका छन् ।

बीपी कोइरालाको समाजवादी दृष्टिकोणलाई आधुनिक सामाजिक बजार अर्थतन्त्रसँग जोड्ने तथा प्रदीप गिरिको अध्ययन, बहस, आत्मालोचना र बहिष्कृत समुदायका मुद्दालाई पार्टीको वैचारिक परम्परासँग जोड्ने प्रस्ताव उनले गरेका छन् ।