मुक्तिनाथ विकास बैंकका ग्राहकले लेमन ट्रि र टेस्ला डायग्नोस्टिकमा विशेष छुट पाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३
361
SHARES

२९ साउन काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंकोे बुढानिलकण्ठमा रहेको “लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटेल (Lemon Tree Premier Budanilkantha)” र काठमाडौंकोे बालुवाटारमा रहेको “टेस्ला डाएगनोस्टिक (Tesla Daignostic)” सँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस होटेलमा बसाई तथा खानामा १५% सम्म छुट र स्पामा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, टेस्ला डाएगनोस्टिकमा प्याथोलोजी टेस्ट,MRI, X-Ray, डेन्टल OPG, औषधी तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।