एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २४ २०८३
513
SHARES

२४ असोज काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी छन् ।

बैठकले बाँकी एजेन्डा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंग्याउने निर्णय गरेको बस्नेतले जानकारी दिएका छन् ।