सुनको भाउमा गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
247
SHARES

२७ असोज काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २२ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको थियो।