शेयर बजारमा दोहोरो अंकको वृद्धि


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३
247
SHARES

११ कार्तिक काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २,६६४ को विन्दुमा कायम भएको छ । आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावरका लगानीकर्ताले १० दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै प्राइम डिबेञ्चर २०८८ का इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले गुमाएका हुन् ।