सरकारविरुद्ध आन्दोलनको विकल्प छैन, तयारी गर्नुस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३
133
SHARES

११ कार्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारविरुद्ध आन्दोलनको कुनै विकल्प नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै सरकार फाँसीवादतर्फ अघि बढेको आरोप लगाए।उनले भने, ‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ। हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन। अहिले होस् कि भोलि होस् कि तिहार छठपछि होस् कि हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ। भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ।’

उनले सरकारले गुण्डाराज चलाएको आरोप लगाए। पूर्वप्रधानन्याधिशदेखि आफूलाई सरकारले पूर्वाग्रह साँधेर पक्राउ गरेको जिकिर गरे।देशमा आतङ्क फैलाउने र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए। उनले नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए।

उनले थपे, ‘आगामी चुनावमा हामीलाई नराम्रो ढंगगरी पराजित गर्न खोज्दैछन्, त्यसलाई हामीले दिवा सपनामा परिणत गराउनुपर्छ। विगतमा पनि हामीले गरेका छौँ।’