मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
247
SHARES

९ मंसिर काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ग्वाङ्दोङकै ३५ वर्षीया लिन जिनपिङ छन् । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको तथा आजै उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, उनीहरु हिजो राति ११ः१५ बजे ‘क्याथे प्यासिफिक’ एयरलाइन्स हुँदै हङकङबाट काठमाडौँ आएका थिए ।भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार तथा भित्री बस्त्रभित्र प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा ८ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकको र्‍यापसहित पदार्थको तौल २ केजी ३ सय ४८ ग्राम छ।