७ डिग्रीमा झर्यो काठमाडौँको न्यूनतम तापक्रम
९ मंसिर काठमाडौं । एक सातादेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लागिरहेको छ। यसको अर्थ दिनप्रतिदिन चिसो बढिरहेको छ। यसै क्रममा आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो मंगलबार (मंसिर ८ गते) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो। मंसिर २ गते बुधबार ९.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम त्यसयता निरन्तर घटिरहेको छ।
हेर्नुहोस् तापक्रम घट्दो तालिका
-मंसिर २ गते ९.५ डिग्री सेल्सियस
-मंसिर ३ गते ९ डिग्री सेल्सियस
-मंसिर ४ गते ८.७ डिग्री सेल्सियस
-मंसिर ५ गते ८.३ डिग्री सेल्सियस
-मंसिर ६ गते ८.३ डिग्री सेल्सियस
-मंसिर ७ गते ८ डिग्री सेल्सियस
-मंसिर ८ गते ७.९ डिग्री सेल्सियस
-मंसिर ९ गते ७ डिग्री सेल्सियस
त्यसो त अहिले देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो क्रममा छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार जुम्लामा आज न्यूनतम तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
हेर्नुहोस् तापक्रम विवरण
