मन्त्रीहरूको मर्यादाक्रम हेरफेर
१० मंसिर काठमाडौं । सरकारले मन्त्रीहरूको वरियतामा हेरफेर गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका हुन् । नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री बालेन्द्र शाहपछि दोस्रोमा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् । यस्तै, तेस्रोमा कानुनमन्त्री सोविता गौतम छिन् । चौथो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ वरियतामा छन् ।
यस्तै, गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ स्थानमा छन् । नवौँ स्थानमा सामाजिक सुरक्षामन्त्री सीता वादी रहँदा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको वरियता १० औँ स्थानमा तोकिएको छ ।
यस्तै, स्वास्थ्यमन्त्री निशा मेहता ११ औँ, शिक्षामन्त्री सस्मित पोखरेलको वरियता १२ औँ छ भने पर्यटमन्त्री खड्क राज पौडेल १२ औँ स्थानमा छन् । मर्यादाक्रमको १४ औँ नम्बरमा सञ्चारमन्त्री विक्रम तिम्लसिना रहँदा, कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको वरियता १५ औँ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिपककुमार साह मर्यादाक्रममा १६ औँ र श्रम तथा रोजगारमन्त्री रामजी यादव १७ औँ वरियतामा छन् ।