श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जनाकोप उद्रार हुदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
3.3K
SHARES

२ अषाढ काठमाडौं । श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् ।हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२ नम्बरको फ्लाइटबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदैछन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार उनीहरुलाई नेपालमा उत्रिएपछि उपत्यकाका विभिन्न ठाउँमा रहेका होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राखिनेछ ।

सेन्टरमा विस्तृत विवरण संकलन गरेर प्रदेशको क्वारेन्टिनमा पठाइनेछ । त्यहाँ १४ दिन बसेपछि उनीहरुलाई घर पठाइनेछ । पीसीआर नेगेटिभ भएका व्यक्तिको हकमा भने होम क्वारेन्टिनमा पठाउने गरी व्यवस्था मिलाइएको छ ।