नेपालमा थप ३११ जनामा कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
4K
SHARES

१४ साउन काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए ।उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् ।योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।