प्रधानमन्त्री ओलीले गरे कांग्रेससंग साझा सरकारको प्रस्ताव
७ कार्तिक काठमाडौँ।सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका बेल प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्।
शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन्।देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले बतायाे।
प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो।देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ।