प्रचण्डका घरबेटीलाई समेत समाजवाद आइसक्यो : प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
7.9K
SHARES

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी ओलीले विभाजित नेकपाको प्रचण्ड–माधव समूहलाई सूर्य चिह्न दाबी नगर्न चेतावनी दिएका छन् । जिफन्टको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जिन्दगीभरि सूर्य चिह्नकाे प्रचार गर्ने, चुनाव लड्ने आफुहरू भएकाले प्रचण्डले दाबी गर्न नमिल्ने बताएका हुन् ।                                                       उनले भने, ‘जिन्दगीभर सूर्य चिह्नमा चुनाव लड्ने हामी, अनि अहिले सूर्य चिह्न दाबी गर्ने ? कहिलेदेखि सूर्य चिह्न तपाईंहरूको भयो ?’त्यसैगरी, ओलीले प्रचण्डलाई समाजवाद आइसकेको टिप्पणी गर्दै भुलभुलैयामा नपर्न आग्रह पनि गरेका छन् ।                                            उनले भने, ‘छोराछोरी मात्र होइन, प्रचण्डका घरबेटीलाई समेत समाजवाद आइसक्यो, समाजवाद भन्ने त कुरा मात्रै हो ।