ओलीमा राजनीतिक नैतिकता छैन – नेता रावल


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १७ २०७७
5.9K
SHARES

काठमाडौं, १७ माघ । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता भीम रावलले कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन् । ओलीमा राजनीतिक नैतिकता नभएको भन्दै उनले व्यङ्ग्य गरेका हुन् ।

कवितामार्फत रावलले ओलीले जनमतको अपमान गरेकाले सजाए पाउने बताएका छन । उनले आफूहरु असंवैधानिक कदम र तानाशाहको विरुद्धमा निरन्तर लागिरहने भन्दै रावलले कसैको प्रहारबाट नडराउने बताएका छन ।

कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले ओलीले जनतासँग गरेका सबै बाचाहरु भुलेर नेकपालाई बिसर्जनको बाटोमा पुर्याएको बताएका छन ।

ओलीले सरकारमार्फत असंवैधानिक कदम चालेर पार्टी फुटाएर जनमतको अपमान गरेको बताएका छन । आफुहरुले राष्ट्रघातका काममात्रै रोक्न खोजेको र रोकेको भन्दै अन्य काममा आफूहरुले सघाएको पनि दावी गरेका छन ।