ओलीको कदमलाई अदालतले उल्टाउने छ – नेता सिटौला


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
2.7K
SHARES

१८ माघ काठमाडौं। आज नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको व्यवस्थालाई असफल देखाउन लागि परेको आरोप लगाएका छन्। झापा-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सिटौलाले ओली जनतामा निराशा पैदा गराएर व्यवस्थालाई नै असफल देखाउन लागिपरेको आरोप लगाए।

उनले चुनाव गर्ने चाहनाले संसद् विघटन नगरिएको दाबी पनि गरे। आ-आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गर्नु पनि उनले आह्वान गरे। सिटौलाले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू विश्वस्त रहेको पनि बताए।

संवैधानिक अधिकार नै नभई प्रधानमन्त्रीले विघटनको सिफारिस गरेकाले त्यसलाई अदालतले उल्टाइदिनेमा आफू विश्वस्त रहेको उनले बताए।