भोलि बिहीबार आम हड्ताल


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
4.6K
SHARES

  1. २१ माघ काठमाडौ  । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।प्रचण्ड-माधव समूहले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ ।