परीक्षा दिन जानेहरूलाई रोक्दैनौँ – नेतृ भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
4.1K
SHARES

२१ माघ काठमाण्डौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेको छ । सिर्जनात्मक आन्दोलनको साटो बन्द हड्तालमा उत्रिएर पुरानै राजनीतिक चरित्र देखाएको भन्दै विरोध भएको छ ।  बिहीवारको बन्दले परीक्षा दिन जाने विद्यार्थी मर्कामा पर्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रवेशपत्र देखाउने विद्यार्थीलाई नरोक्ने र उनीहरुका सवारी साधनलाई पनि चल्न दिने जनाएको छ । ‘हामीसँग अरू विकल्प नै नभएर हड्तालमा जानुपरेको हो, परीक्षा हुने विद्यार्थीले प्रवेशपत्र देखाउनुभयो भने हाम्रा कार्यकर्ताले रोकतोक गर्दैनन्’, स्थायी कमिटी सदस्य पम्फा भुसालले बताउनु भएको छ  ।