ओली आत्महत्याको बाटोमा – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २४ २०७७
5.5K
SHARES

२४ माघ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले ललितपुर, झम्सिखेलस्थित हेरिटेज गार्डेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा पार्टीभित्र आफूहरूले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीले गरेको कुतर्कझैँ अहिलेको लडाईं कुर्सी र स्वार्थको निम्ति नभएको बताउनुभएको छ । उहाँको भनाई थियो ‘त्यस्तो भएको भए नागरिक समाजलगायत सबै पक्षले किन हामीलाई साथ दिन्थ्यो ? हाम्रा लागि उहाँहरू किन सडकमा आउनुहुन्थ्यो ? प्रधानमन्त्री केपी शर्मा ओलीले जे मन लाग्यो त्यहि गर्न र संविधान ध्वस्त बनाउन खोजेपछि सबै क्षेत्र सडकमा ओर्लिएको हो ।’
अहिलेको लडाईं कोही व्यक्ति प्रधानमन्त्री बन्ने,नबन्ने वा लाभको लागि नगरिएको रूपमा बुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको कदम चालेर सिष्टम नै कोल्याप्स गर्न खोजेपछि उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले धेरै पहिलेदेखि ओलीलाई तह लगाउन खोजेका हौं । तर,तह लाग्नुभएन । त्यतिबेलैदेखि विधेयक ल्याएर पार्टी विभाजन गर्न खोज्नुभयो । त्यसपछि स्थायी समितिले रोक्यो । हामीले रोक्ने धेरै र अथक प्रयास गर्यौं तर अन्तमा आफ्नो हर्कत् देखाइहाल्नुभयो ।’

अहिले पनि पार्टी केन्द्रीय समितिमा आफ्नो समूह ६२ प्रतिशतले बहुमतमा रहेको बताउँदै उहाँले स्थायी समिति र संसदमा समेत बहुमतमा छौं भन्नुभयो । ‘जताततै अल्पमतमा परेपछि राजनीतिक आ’त्मह’त्याको बाटो रोज्नुभयो’ भन्दै प्रचण्डले उल्लेख गर्नुभयो ‘अब ओली राजनीतिक रूपमा सकिनुभएको छ ।’