ओली कागजी बादशाह हुन् – झाँकी
२८ माघ काठमाडौं।आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रतिगमनविरुद्ध वोल्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताएकी छन्। प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले बोल्न पाउने अधिकारलाई खोस्न नसक्ने बताएकी हुन्।
नेतृ झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताइन्। उनले केपी ओली कागजी बादशाह भएको बताउदै अब उनी ढलिसकेको समेत बताइन्।
ओलीले आफ्नो अन्त्य हुँदै गर्दा आफ्ना सालिक बनाउदै हिँडेको आरोप लगाइन्। उनले ओलीको अन्त्य निश्चित भएको दावी गरिन्।
नेतृ झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको हरेक कदममा समर्थन गर्दै आफ्नो भूमिका बिर्सेर तानाशाह बन्दै गरेका प्रधानमन्त्रीलाई सहयोग गरेको आरोप लगाएकी छन्। उनले आफूले राष्ट्रपति पदप्रति उच्च सम्मान रहेको बताउदै आफूले व्यक्तिको कामको विरोध गरेको र गरिरहने बताइन्।