जनयुद्ध दिवस मनाउन प्रचण्ड-नेपालको सर्कुलर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७
4K
SHARES

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउन सर्कुलेसन जारी गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको नेकपाले भने पार्टीका तर्फबाट कुनै कार्यक्रम राखेको छैन ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व थालेको २०५२ फागुन १ गतेको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ ।