पानीमुनि गएपनि निर्मला र भागरथीको हत्यारा पत्ता लाग्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
3.1K
SHARES

१ फागुन बुटवल । आज प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरेका हुन् ।                        बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी छ ।