जनयुद्ध दिवशको अवसरमा भर्चुवाल अन्तरक्रिया कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २ २०७७
17.3K
SHARES

२ फागुन काठमाडौ । २६ औं जनयुद्ध दिवशको उपल्यक्षमा भर्चुवालको माध्यबाट २६ औं जनयुद्ध दिवश आयोजक समिति, अमेरिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा लेखनाथ न्यौपाने र गुणराज लोहनीलाई आमन्तन्र्ण गरिएको थियो।

कार्यक्रममा बोल्दै न्यौपानेले भने नेपालमा आमुल परिवर्तनको निमित्त जनयुद्ध आवश्यक थियो , जनयुद्ध भएको कारणले नै गणतन्त्र आएको हो । युद्ध लड्ने साथीहरू अहिले आफ्नो देश छाडी अन्यत्र पलाएन हुनु परेकोमा आफुलाई दुख लागेको बताए ।अबको यात्रा भनेको समाजवाद तर्फ रहेको हुदां नया पुस्ताले गर्नुपर्ने बताए।

त्यस्तै बौल्ने क्रममा लोहनीले न्यौपानेले बोलेको कुराहरूमा सहमति जनाउदै नेपालमा आझै पनि पुर्ण रूपमा क्रान्ति सम्पन्न नभएकाले सबैले आ-आफ्नो ठाउबाट योगदान गर्नु पर्ने छ उनले भने । यो व्यवास्था ल्याउन भुमिका नरहेको व्यक्तिको हातमा सरकारको नेतृत्व जानाले अहिले नेपालमा यस्तो परिस्थिति उत्पन्न भएको बताए । अतिथिको रूपमा तिलक के.सी त्यस्तै अतिथिको रूपमा बौल्दै विश्व बहादुर शाह र कन्यैल परिवारले आफ्नो भनाई व्यक्त गरेका थिए।

कार्यक्रको अध्यक्षता काशिनाथ पौडेलले र संचालन दिपक लामिछाने सयुक्त रूपमा गरेको थिए । मनतव्य राख्ने क्रममा किशोर पन्थि र विष्णु भुजेलले नेपालको कम्युनिष्ट आन्दोलनको कुराहरूको चर्चा समेत गरेको थिए भने स्वगत मनतव्य मधुसागर पौडेलले राखेका थिए । कार्यक्रममा अमेरिका नेपाल लगाएत विभिन्न देशहरूबाट ५० जना भन्दा बढिले सहभागिता जनाएका थिए ।