म नेकपाको हिरा हो – कोमल वली


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
7.3K
SHARES

२२ फागुन काठमाडौ । नेकपाका नेता रघुजी पन्तको अभिव्यक्ति पछि अहिले कोमल वली चर्चित छिन् । सोही प्रकरण पछि उनले एक टेलिभिजन अन्तरवार्तामा आफू हिरा भएको र प्रधानमन्त्री ओलीमा हिरा चिन्ने खुबी भएको बताएकी छिन् । वलीले भनेकी छिन् म चाकरी गरेर होइन,केपी ओलीमा मात्र एउटा त्यस्तो क्षमता छ जसले हिरा चिन्छ ।

म नेकपाको हिरा हुँ । हिरालाई परख्नसक्ने क्षमता केपी ओलीमा छ । भलै म उहाँकी चेली हुँ । केपी ओलीमा हिरा परख्नसक्ने एउटा क्षमता थियो । त्यो क्षमताले मलाई अवसर दिनुभयो । मैले पाएँ । म यो पार्टीको हिमाल हुँ,’ यो भनाई राष्ट्रिय सभा सांसद कोमल वलीको हो ।

आफ्नो प्रशंसा आफैँ गर्दै उनी भन्छिन् ‘नेकपाको लागि म पहाड हुँ,हिमाल हुँ,अन्नपूर्ण हिमाल हुँ । मेरो उचाई देखेर नेकपामा अध्यक्ष केपी ओलीले मलाई आमन्त्रण गर्नुभएको । त्यसैले यो पार्टी ज्वाइन गरेको ।’