२६ गतेसम्मका लागि संसद बैठक स्थगित
२३फागुन काठमाडौ । पुनःस्थापित संसद बैठकको पहिलो दिन नै अवरुद्ध बनेको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेपछि फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले अध्यादेश फिर्ताको माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
पुनः बैठक अघि बढाउन नसक्ने स्थिति भएपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित भएको हो ।सरकारले ल्याएका अध्यादेश फिर्ताको माग गर्दै नेपाली कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षले संसद अवरुद्ध गरेका थिए ।