वलीद्वारा पन्त विरुद्ध मुद्दा दर्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७
6.2K
SHARES

२५ फागुन काठमाडौं ।आज  राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दर्ता गरेकी छन् । नेता रघुजि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

नेता पन्तले एक कार्यक्रममा ‘हाम्रो पार्टीमा वषौं देखि विवाह नै नगरी पार्टीमा लागिपरेका महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भइन्’ भनेका थिए ।