साइबर सेनाद्वारा रणनीति सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
6K
SHARES

२९ फागुन काठमाडौ । आफूलाई केपी ओलीको साइबर सेना अध्यक्ष बताउने गुरु भट्टराईले सामाजिक संजाल फ़ेशबुकमा केपी ओलीको अबको रणनीति भन्दै खतरनाक प्लान सार्वजनिक गरेका छन् ।

केपी ओलीको विश्वासिलो पात्रको छबि बनाई रेलवे विभागको महाप्रबन्धक पड्काएका भट्टराईले गर्नु टिप्पणीलाई अर्थपूर्ण मान्न सकिन्छ ।

आफ्नै पार्टि भित्र माधव कुमार नेपाल समुहलाई पाखा लगाउने डिजाइन अनुसार सबै पदाधिकारी खारेज गरेपछि नेकपा एमालेमा भाडभैलो मच्चिएको छ ।

अबको ओली रणनीति यस्तो हुनुपर्छ

१. माधव नेपाल गुटबाट सुरेन्द्र पान्डे नेतृत्वमा नेताहरु ओली नेतृत्वमा ल्याउने । सुरेन्द्र पान्डेले आत्मालोचना गर्नु पर्छ ।

२. मधेशबादी दललाइ बिश्वासमा लिने । प्रदेश २ मा मधेशी दललाइ स्पेस दिनु भनेको नेकाको भोट ब्याङक समाप्त पार्ने कुरा हो । बाउराम र उपेन्द्रलाइ छोडेर महन्थ र राजेन्द्रलाइ घाँस हाल्ने ।

३. पश्चिम तराइमा हृदयस त्रिपाठीको नेतृत्वको पार्टीसंग गठबन्धन गर्ने र पश्चिम तराइका मधेशीमा होल्ड राख्ने ।

४. रुकुम रोल्पा लगायत माओबादी प्रभाव क्षेत्रमा विप्लव नेतृत्वको माओबादीसंग मोर्चा निर्माण गर्ने ।

यति काम गरौ, अनि हेरौ ओलीसंग भिर्न आउँने आँट कसले राख्दो रहेछ ।

Guru Bhattarai.png

केहि दिन अघि देखि केपी ओलीको साइबर सेना द्वारा केपि ओलि एउटा आदर्श हो, युग हो भन्दै  सामाजिक संजाल फेशबुकमा केहि दिनमा ठूलो निर्णय गर्ने र त्यसलाई आत्मसात गर्न तयारि अवस्थामा बस्न वताउंदै आएका छन् ।

Cyber sena.png