आगामी तीन दिनको मौसम यस्तो रहने छ
१८ चैत काठमाडौं । आज काठमाडौं उपत्यकामा साँझ वर्षा भएको छ । वर्षाले अहिले देखिएको वायु प्रदुषणलाई केही कम गर्ने भए पनि पूर्ण रुपमा अन्त्य नहुने मौसमविद जानकारी दिनुभयो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १८ गते (बुधबार)
राती : देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडि भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र १९ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र २० गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।